दफा १३
हुलाक टिकटहरुको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरु बनाउने अधिकार
: (१) यो ऐनको प्रयोजनको निमित्त आवश्यक विभिन्न प्रकार र मूल्यका हुलाक टिकटहरुको व्यवस्था गर्ने र प्रचलनमा ल्याउने सम्पूर्ण अधिकार नेपाल सरकारमा रहनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारले खास गरेर देहायका कुराहरुको पनि व्यवस्था गर्न सक्नेछ :-
(क) हुलाक टिकटको बिक्री दर तोक्ने,
(ख) हुलाक महसुल वा अरु दस्तुर चुक्ता गर्नको निमित्त हुलाक वस्तुको श्रेणी तोक्ने,
(ग) प्वाल परेका, च्यातिएका, विकृत भएका र त्यस्तै अरु टिकट प्रचलनमा ल्याउन नसकिने अवस्था तोक्ने,
(घ) हुलाक टिकटको जिम्मा, बिक्री वितरण र प्रयोग नियमित गर्ने,
(ङ) हुलाक टिकट बिक्री गर्न पाउने गैरसरकारी व्यक्ति र निजले बिक्री गर्दा पालन गर्नुपर्ने शर्त तथा बन्देजहरु तोक्ने,
(च) हुलाक टिकट बिक्री गर्ने गैरसरकारी व्यक्तिको कर्तव्य तथा पारिश्रमिक तोक्ने,
(छ) अन्तरराष्ट्रिय जवाफीपत्र (कूपन) प्रचलनमा ल्याउने र त्यसको सटही दर तोक्ने,
(ज) संयुक्त राष्ट्रसंघबाट बिक्रीको लागि प्राप्त टिकटहरु बिक्री गर्ने ।